Tuesday, May 11

अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ

September 2, 2020 216

मोरङ, भाद्र १७ गते ।
बिराटनगर-४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ बर्षीय अभिसेक राय,२८ बर्षीय रविन शर्मा,२६ बर्षीय किसन साह यसै गरी सप्तरी बोधेबर्साईनका-८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह रहेका छन ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साझ पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट , १ थान चक्कु, kotak Mahindra नामको भारतिय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका यो समुहले संगठित रुपमा अ प रा धिक समुह स्थापना गरी, विराटनगरलाई आ प रा धिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अ प रा ध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्