Wednesday, April 21

दिनरात नभनी जनताको कामलाई सर्वोपरी ठानी निरन्तर सेवामा समर्पित हुँदा कोरोना संक्रमित भए – मेयर शाक्य

September 3, 2020 151

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जनताको कामलाई सर्वोपरी ठानी निरन्तर सेवामा समर्पित हुँदा आफु संक्रमित भएको बताएका छन् । उनले ले काठमाडौं उपत्यकाबासीलाई जोगाउन अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण पछि मनोबल कतिपनि नघटेको स्पष्ट पार्दै चाँडै सन्चो हुने भएर फेरी जनताकै काममा फर्कने बताएका छन् । बिज्ञप्तिमा आफू र आफ्नो परीवार स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी सुरक्षित रुपमा होम आइशोलेशनमा रहेको कोरोना संक्रमा पुष्टि भएपनि कुनैपनि लक्षण नदेखिएको बताएका छन् ।

उनले यो अवस्थामा उच्च सतर्कता र सवाधानी अपनाउदै सेवा प्रवाहमा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई अनुरोध समेत गरेका छन् । पत्निलाई एकसय डिग्री ज्वरो आएपछि ग्राण्डी अस्पताल पुग्नुभएका शाक्य दम्पतिलाई डाक्टरले कोरोना परीक्षणका लागि स्वाब दिन सल्लाह दिएका थिए ।

प्रतिकृया दिनुहोस्