Tuesday, June 22

कोरोना कहरका बिच १२ जुवाडे मोटो रकम सहित पक्राउ

September 3, 2020 337

विराटनगर-मोरङ कानेपोखरीको चालिस विघे भन्ने ठाँउवाट बुधबार साँझ तास खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वेलवारी नगरपालिका १ का बिमल गुरुङ, कृष्ण लिम्बु, चन्द्र लिम्बु श्याम लिम्बु, यसै गरी लेटाङग नगरपालिकाका समिर तामाङ, झापा विर्तामोड नगरपालिकाका सञ्जिव घतानी, लक्ष्मीकुमार तामाङ ,र हल्दिवारी गाँउपालिकाका ताराकुमार जोगी रहेका छन् ।

सुराकीको आधारमा किशोर लुइटेलको घरमा तास खेलिरहेको अवस्थामा ३ लाख ५ हजार १ सय ३१ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।यसैगरी झापा बुद्धशान्ति गाउँपालिकाका मनिस लिम्बु, धरानका रुपजगं लिम्बु किरण उदास र इटहरीका राजन पौडेललाई पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस्