Friday, April 23

झापामा घाँटी काटेर हत्या गरिएकाे अवस्थामा एक पुरुषको शव फेला

September 3, 2020 533

झापा । झापामा एक पुरुषको घाँटी काटेर हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे छ ।

शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको हाे ।

भेटिएको शव २८ वर्षीय स्थानिय गोविन्द मगरको रहेकाे खुल्न आएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । अनुसन्धानमा सहयोगका लागि धरानबाट ट्याकर डग घटनास्थलमा ल्याएको छ

प्रतिकृया दिनुहोस्