राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्छ , गाईगोरु खान पाउनुपर्छ र दलितलाई न्याय दिनुपर्छ ः शर्मिला वाग्चण्ड

September 3, 2020 439

१६ भदौं–काठमाण्डौं । संघीय लोकतान्त्रिक राष्ट्रिय दलित सल्पि मञ्च सम्बन्ध महासचिव शर्मिला वाग्चण्डले सबै समुदायको अपनोत्व समेतिने किसिमको झण्डा परिवर्तन गर्नुपर्ने बताइएकी छन् । साथै बाहुनबादी हिन्दुराज्य हावी भएको भन्दै गाईगोरु खान पाउने माग समेत गरेकी हुन् । बाहुनबादी शासनले दलित दिनानुदिन मारिनु पर्ने र हक अधिकारबाट समेत बञ्चित हुनु पर्ने बताउदै सबै जनजाती,थारु,मुस्लिम लगायतका दलितहरु एक जुट भएर बलियो आवाज उठाउनुपर्ने बताइन् ।

अहिलेको झण्डाले शाहबंशीय हिन्दु धर्मलाई मात्र समेतिएको र सबै जात,धर्म,भाषा कलासंस्कृति एवम् समुदायलाई नसमेतिएकाले यथाशीक्र यो झण्डा परिवर्तन गर्नुपर्ने उहाको भनाई थियो । अहिले गायक ग्याल्जेन तामाङले झण्डा जलाएर ठीक गरेको भन्दै अब उनलाई बीना शर्त रिहा गर्नुपर्ने माग समेत गरेकी छन् । सबै पहिचानबादीहरुले गाईगोरु खानु आफ्नो धर्म सरह रहेको भन्दै यसलाई बिरोध गर्न नमिल्ने बताइन् । हिन्दुहरुले खशीबोकालाई मन्दिरमा बली दिए जस्तै अन्य धर्मावलम्बीहरुले पनि आफ्नो कुल संस्कार पुच्दा गाईगोरु चाहिने बताइन् ।

अहिले ब्राहमण जातीको छुवाछुट प्रथाले धेरै दलितहरु मरिरहेको बताउदै तत्काल यो जातीय प्रथा पनि अन्त गर्नुपर्ने बताइन् । दलितको कोटामा बजेट छुटयाए पनि सबै डाँडु पन्यो अर्थात रिमोड भने बाहुनहरु आफैले राखेको आरोप लगाइन् । रुकुम घटनामा दलितहरु मर्दा जनार्दन शर्माले जानी जानी झुट बोलेको बताउदै उनी देशका भरौतेहरुको नोकर भएको आरोप पनि लगाइन् । आफ्नो पार्टीको माग पनि मुख्य रुपमा गाईगोरु खान पाउनुपर्छ,राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्छ र दलितलाई न्याय दिनुपर्छ भन्ने नै रहेको खुलासा गरिन् । यदि यो सबै माग पुरा नभएमा आफ्नो पार्टी शसक्त ढंगले सडकमा जाने समेत उनले बताइन् । srot:gonepaltv

 

प्रतिकृया दिनुहोस्