Monday, July 26

इलाका प्रहरी कार्यालय धरानले सवारी दुर्घटनामा मृत्यु हुनेको वृद्धाको पहिचान नखुलेपछी मृतकको फोटो सार्वजनिक

September 3, 2020 2063

धरान (२०७७-०५-१७) – धरान वडा नं. ८ तिनकुने स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडी भएको सवारी दुर्घटनामा मृत्यु हुनेको वृद्धाको पहिचान नखुलेपछी इलाका प्रहरी कार्यालय धरानले आज मृतकको फोटो सार्वजनिक गरेको छ ।

हिजो साढे ७ बजेको समयमा इटहरीबाट धरान आउँदै गरेको को ८ प ९३०२ नम्बरको मोटरसाइकलले पैदल हिँड्दै गरेको उक्त वृद्धालाई ठक्कर दिएको थियो । उनको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो राती १०ः४० बजे मृत्यु भएपनि हालसम्म पहिचान खुलेको छैन ।

प्रहरीका अनुसार मृतक अन्दाजी ७०।७५ वर्षको जस्तो देखिन, रातो लुङ्गी, रातो चोली लगाएको र अनुहार हेर्दा ब्राम्हण झै देखिने विवरण भएको बताएको छ । उक्त दुर्घटनाको मोटरसाइकल चालक धरान १७ का ३० वर्षिय राम पाैडेल रहेको प्रहरीले जनाएको छ । उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर सवारी ज्यान मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्