Thursday, April 22

बास्कोटालाई सपनामा पनि नसोचेको झड्का: ६ अर्ब घोटाला गरेको भिडियो नै सार्वजनिक हुदैँ ! (हेर्नुस् भिडियो)

September 3, 2020 590

७० करोड घुसकाण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई अहिलेसम्मकै ठूलो झड्का लाग्ने देखिएको छ । ७० करोड घुसकाण्डमा बार्गेनिङ् गरेको अडियो मिडियामार्फत सार्वजनिक गर्ने एजेन्ट भनिएका विजय प्रकाश मिश्रले भिडियो समेत सार्वजनिक गर्ने तयारी गरेपछि बास्कोटालाई नसोचेको झड्का लाग्ने भएको हो ।

ad
जापानबाट पत्रकार ऋषि धमलासँग लाईभ कुराकानी गर्दै मिश्रले बास्कोटाले ७० करोड नभएर ६ अर्ब बढी घोटाला गरेको कुराकानीसहितको करिब ४ मिनेट लामो भिडियो आफूसँग सुरक्षित रहेको बताएका हुन् । मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हप्ताभित्र उपस्थित हुन भनेपछि त्यसमा उनले असन्तु्ष्टि जनाएका छन् ।

अख्तियारले चार्टड विमान पठाए तत्काल आउन सक्ने तर नियमित उडानमार्फत सेप्टेम्बर १६ तारिख पछि मात्रै आउन सक्ने बताए । पछिल्लो समय नेकपा नेता समेत रहेका बास्कोटा अडियो क्यारीकेचर गरेर बनाईएको आवाज भन्दैं आएका छन् ।

 

 

यो पनि,

उन्नाइस दिनपछि फेरि कोरोना संक्रमण दोहोरिएका अख्तियार प्रमुख नवीन घिमिरे कार्यकाल सकिएर भदौ २८ गतेदेखि बिदा हुन लागेसङ्गै पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटामाथि लागेको कमिशन मोलमोलाईको आरोपमा आयोगले सफाई दिन लागेको बजार हल्ला व्याप्त छ ।

स्रोतका अनुसार यस प्रकरणको अनुसन्धान प्रक्रिया नै सकिएको छैन । आफूले सेक्युरिटी प्रेसको ठेक्का नपाउने पक्का भएको महिनौंपछि कमिशनको नाममा घुस खान खोजेको आरोप लगाउँदै लकडाउनवीच जापान पुगेका बिजय मिश्रलाई बोलाएर अहिलेसम्म आयोगले बयान नै नलिएको अवस्थामा बाँस्कोटाको अनुसन्धान सकिएर आयोगले चोख्याउन खोजेको भन्ने समाचारमा कुनै सत्यता नभएको उच्च स्रोतले बताएको छ ।

कुनै पनि अभियोगमा आरोप लगाउने व्यक्ति वा निकाय सबैभन्दा पहिलो र आधिकारिक प्रमाणको स्रोत हुन्छ । त्यस्तो अवस्थामा बहालवाला मन्त्रीलाई कार्यकक्षमै कमिशनको मोलमोलाई गरेको आरोप लगाउने व्यक्तिसँग बयान नै नलिई उनलाई चोख्याउने भन्ने चर्चा नै हाँस्यास्पद भएको बताइन्छ ।

आयोगको तर्फबाट एसपी प्रविण पोख्रेलले मिश्रसँग इमेल सम्पर्कसम्म गरेका छन्,बोलाएर बयान भने लिइसकिएको छैन । यस्तो अवस्थामा आयोग प्रमुखले कार्यकाल सकिएर घर जान लागेको बेला लटरपटर निर्णय गर्ने सम्भावनै देखिन्न । प्रष्ट कुरा के हो भने यस मामिलामा गोकुलले सुको पनि घुस खाएका छैनन् तर सञ्चार माध्यम र सामाजिक सञ्जालमा छ्याप्छाप्ती प्रतिक्रिया आउन थालिसकेको सत्तरी करोड कमिशनको अडियो टेपको आवाज गलतै हो भनेर बिधि बिज्ञान प्रयोगशालाले भनिसकेको पनि छैन । यसैकारण यो विषय यतिखेर आयोगलाई पनि निल्नु न ओकल्नु भएको छ ।

यसबीच अन्ततिर बन्दाबन्दीको असर परेपनि अख्तियारमा गरिने उजुरीमा त्यसको प्रभाव परेको छैन । बन्दाबन्दीको कारण सबै घरमा बसेकाले हुनसक्छ अनलाइन उजुर ह्वात्तै बढेको पाइएको छ । चैत महिनाअघिको तुलनामा भदौ महिनासम्म आइपुग्दा अनलाइन उजुरीमा २५ प्रतिशतले बढोत्तरी देखिएको हो ।

लेखाप्रणालीसँग जोडिएको हुनाले भ्रष्टाचारको ऊजुरी नयाँ आर्थिक वर्ष शुरु भएपछि बढेको कर्मचारीहरूको अनुभव छ । अघिल्लो आर्थिक वर्षको खर्च सकाउने क्रममा स्थानीय निकाय र सरकारी अड्डामा जेठ र असार महिनामा भएका बग्रेल्ती हिसाब गोलमालको उजुरी साउन लाग्ने बित्तिक्कै हाल्ने गरेको पनि देखिएको छ ।

एकातिर कर्मचारीको अभाव, बन्दाबन्दीको असर र अर्कोतिर उजुरीको संख्या २५ प्रतिशतले बढेपछि आयोगको कामसमेत प्रभावित भएको बताइन्छ ।(जनआस्थाबाट

विजय मिश्र भन्छन्– भागेको होइन, रेकर्डिङ डिभाइस लिन जापान गएको हुँ

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफू भागेको नभएर रेकर्डिङ डिभाइस लिन जापान पुगेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिनभित्र उपस्थित हुन सूचना प्रकाशित गरेकै दिन आज विज्ञप्ति जारी गरेर मिश्रले आफू मुद्दाबाट भागेको नभएर कामले नै जापान गएको दाबी गरेका हुन्।

बाँस्कोटाको मुद्दा कमजोर पार्न मिश्र भागेको भन्ने समाचार बाहिरिएपछि उनले त्यसको खण्डन गरेका हुन्।

‘पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ । मेरो नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भन्ने समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथि विश्वास नगर्नु हो,’ विज्ञप्तिमा भनेका छन्।

७० करोड घुस काण्डमा जोडिएका विजय मिश्रलाई अख्तियारको ७ दिने म्याद
कोही पनि भ्रष्टाचार गर्ने व्यक्ति कानुनबाट उम्किन नसक्ने उनले बताएका छन्। ‘कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण, भ्रष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन। र, प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जालमार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको चरित्र हो,’ उनले भनेका छन्।

साथै उनले मुद्दा कमजोर पार्न नदिनेसमेत बताएका छन्। ‘म कसैको दबाब वा कसैको कुरा सुनेर बहकिने व्यक्ति होइन। एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थााहा छ। साथै जस्तोसुकै दुःख कष्टमा पनि बाटो नबिरार्ई आफ्नो कर्तव्य पालना गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु’, मिश्रले भनेका छन्।

७० करोड कमिसन काण्डमा बयान दिनुपर्ने मिश्र विदेशमा रहेको भन्दै अख्तियारले उक्त मुद्दा तामेलीमा राख्ने तयारी गरेको बुझिएको छ।

प्रेस खरिद गरेपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्