मछिन्द्रनाथको रथ तान्ने क्रमा प्रहरी र युवाहरूबिच ढुङ्गा र अश्रुग्यास हानाहान , ( भिडियो हेर्नुहोस )

September 3, 2020 384

काठमाडौं । निषेधाज्ञालाई तोडेर युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरमा तनाव भएको छ ।

ad
रथ तान्नेकाममा प्रहरी र स्थानीय युवाहरुबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भिडलाई हटाएको छ । युवाहरुले रथ तान्न थालेपछि प्रहरीले रथ तान्न रोकेको थियो । प्रहरीको विरोध गरेका थिए ।

बिहीबार बिहान भेला भएका युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनमा अवरोध गरेपछि युवाहरु आजै रथ तान्नुपर्छ भन्दै रथ तानेर सडकमा ल्याएका हुन् । रथ तान्ने विषयमा गुठी संस्थान र अन्य सरोकारवाला निकायहरुले भने औपचारिक निर्णय भने गरेका छैनन् ।

 

 

 

प्रतिकृया दिनुहोस्