Monday, July 26

सस्तो मूल्यमा आउँदैछ नयाँ मोडलको ‘बुलेट बाइक’

September 3, 2020 250

काठमाडौ / बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको बुलेट बाइक नेपाली बजारमा पनि निकै लोकप्रिय मानिन्छ । भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो क्वार्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।कम्पनीको साधारण सभामा बोल्दै नवनियुक्त सीइओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याउने तयारीमा छौँ, आगामी महिना हाम्रा ग्राहकलाई सरप्राइजिङ्ग प्याकेज दिने तयारीमा छौँ ।

’देसारीको भनाइलाई आधार बनाउँदै भारतीय मिडियाले कम्पनीले नयाँ सस्तो मोटरसाइकल चाँडै आउने अनुमान गरेका छन् । अहिले रोयल इन्फिल्डको सबैभन्दा सस्तो मोडल बुलेट क्लासिक रहेको छ । अब कम्पनीले त्योभन्दा सस्तो मोडल बजारमा ल्याउन खोजेको हो । मिडिया रिपोर्टका अनुसार अहिले बिक्री भइरहेको बुलेटको तुलनमा नयाँ बाइक करिब २५ हजार भारतीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।

नयाँ बाइक पनि बुलेटकै प्याटर्फममा निर्माण भइरहेको जनाइएको छ । नयाँ बाइकमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जिनमा कालो कलरको प्रयोग गरिने अनुमान गरिएको छ । उक्त बाइकमा अधिकांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।

नयाँ बाइक अहिलेको भन्दा केही फरक कलर अप्सनमा पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य अनुसार उक्त बाइकले बजारमा पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० ४ भीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्