Tuesday, May 11

धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!- रवि लामिछाने (भिडियो)

September 3, 2020 490

काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न निस्किएका युवाहरुको समुहले ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरी जवानमाथि निʼर्घात कुʼट पिट गरेका छन् ।

कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झʼडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विʼरोध गर्दा झʼडप भएको थियो । सोही क्रʼममा ड्यूʼटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुʼटपिʼट भएको हो ।

 

कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाʼट कुʼटपिʼट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका ट्राफिक प्रहरीलाई युवाहरूको समूहले कुʼटपिʼट गरेको देखिन्छ ।

युवाको कुट पि,टपछि ती प्रहरीमा भुइँमा लड्छन् । एक जना युवाले त्यहाँबाट ब,चाउँदै प्ररीहलाई अर्को स्थानमा ल्याउँछन् । तर भाग्दै गरेको प्रहरीलाई पिछा गर्दै अन्य युवाहरूले कुʼटपिʼट गर्न छोड्दैनन् । ती प्रहरी भाग्दै भाग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् र प्रहरीले उनको उʼद्दार गरेर लगेको देखिएको छ ।

प्रहरीमाथि कुʼटपिʼट गर्नेको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । महामारीका वेला पनि काममा खटिएका वेला कुʼटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिʼन्ता व्यक्त गरेका छन् । महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटकपटक दुव्र्यʼहार हुने गरेको छ ।

 

यसैबिच सामाजिक सञ्जालमा कु,टपिट गरिएको भिडियो भाइरल भयपछी पत्रकार रवि लामिछानेले यस्को घोर विरोध गर्दै उत्त भिडियो सेयर गर्दै लेख्छन्:

धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!यस्तो महामारीमा बिना कुनै अतिरिक्त सुबिधा, जनताको सेवामा खटिएको राष्ट्रसेवक प्रहरीमाथी कसरी हात लात उठ्छ होला? छि…. कति सम्म गिरेको होला मान्छे। प्रहरीले कतै यस्तै गरेको तर भिडियोमा नदेखिएको भएपनि यस्ता कुकर्मको बराबर भत्सर्ना गर्दछु।
भिडियो: सामाजिक संजाल

यहाँ क्लिक गरि हेर्नुहोस भिडियो..

प्रतिकृया दिनुहोस्