Friday, April 23

कोरोनाको नाममा भ्रम फैलाएको भन्दै लण्डन र युरोपको विभिन्न शहरमा विशाल जनप्रदर्शन

September 4, 2020 302

एजेन्सी : कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउदै सरकारले थु न्ने काम गरेको भन्दै जर्मनीको बर्लिन र बेलायतको लण्डन लगाएत युरोपको विभिन्न शहरहरुमा विशाल जनप्रदर्शन भएको छ ।

लन्डन भएको प्रर्दशनमा उनीहरुले सरकारले कोरोनाबारे भ्रम फैलाउदै नागरिकको स्वतन्त्रता हनन गरेको भन्दै स्वतन्त्रताको आवाज उठाएका छन् । लण्डनमा अहिलेपनि हजारौंले सडक ज नप्रदर्शन गरिरहेका छन् । सरकारले कोरोनाबारे ड र देखाएको र ग ल त सूचना दिएको उनीहरुको आरोप छ ।

बर्लिनमा प्रर्दशन गरिरहेका स्वतन्त्र नागरिको समूहलाई प्रहरीले तितरबितर पारेको छ । लण्डनमा भइरहेको ज नप्रर्दशमा सहभागीहरुले कोरोनाका कारण आउदो हिउँदसम्म ८५ हजारको मृ त्यु हुने भनेर सरकारले झु टो रिर्पोट सार्वजनिक गरेको आ रोप लगाएका छन् ।

सरकारी प्र ति बन्धको उल्लंघन गर्दै हजारौंको संख्यामा प्रदर्शनकारीहरुले बर्लिन शहरमा र्या ली निकालेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले प्रदर्शनमा ४० हजार भन्दा बढीको सहभागिता भएको जनाएका छन् ।

प्रदर्शनका क्रममा मास्क समेत लगाएका थिएनन् ।

प्रहरीले प्रदर्शनकारीमध्ये ३ सयजना भन्दा बढीलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ । झ डपमा सात प्रहरी घाइते समेत भएका छन् ।

प्रहरीले यी मध्ये २ सय जनालाई एउटा र्यालिबाट प क्राउ गरेको थियो । उनीहरुले प्रहरीमाथि ढुं’गा र बो’तल प्र हार गरेको आ रोप सुरक्षा अधिकारीहरुले लगाएका छन् ।

जर्मनीमा मात्र नभएर यूरोपका अन्य शहरमा समेत यस्तै प्रकारका प्रदर्शन भएका छन् । लण्डनको ट्रेफाल्गर स्क्वायरमा समेत हजारौं प्र दर्शनकारीले मास्कको बि रोध गरेको छन् । उनीहरुले अहिलेको ल कडाउन र प्र तिबन्धलाई नयाँ फा सि वा दको संज्ञा दिएका छन् ।

यसैगरि पेरिस, भियाना र जुरिचमा पनि हजारौंले प्रदर्शन गरेका छन् ।

जर्मनीमा प क्राउ परेकामध्ये एकजना कन्सपाइरेसि सिद्धान्तकार भनेर चिनिने अट्टिला हिल्डम्यान पनि रहेका छन् । उनले भीडलाई सम्बोधन समेत गरेका थिए ।अधिकारीहरुले प्रदशर्नमा अधिकांश दक्षिणपन्थी अ ति वादी संलग्न रहेको जनाएका छन् ।

लण्डनमा समेत प्रदर्शनकारीलाई क न्सपाइरेसी सिद्धान्तकार भनेर चिनिनेहरुले सम्बोधन गरेका थिए । यो सिद्धान्तले कोरोना भाइरस एउटा मिथ्या भ्रम भएको दावी गर्दै आएको छ ।

उनीहरुले कोरोना भाइरसको नाममा ब जारले आम मानिसलाई भ्र मित बनाउन खोजेको र सरकारहरुले आफ्नो सत्ता टिकाउन फा सि वा दको अभ्यास गरेको बताइरहेका छन् ।

उनीहरुले स्वतन्त्रताका लागि एक होऔं भन्ने नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्