काठमाडौ । बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा ३ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका ३ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा एक महिला र दुई पुरुष हुन् ।
ति मध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए । चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यो अर्को समाचार, बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रति पुनद्वारा दुःख व्यक्त
उपराष्ट्रति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं। ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजारलगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
उपराष्ट्रपति पुनले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । “बाढीपहिरोका कारण ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु”, उनले वक्तव्यमा भनेका छन्, “उहाँहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।”
उपराष्ट्रपति पुनले बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परी बेपत्ता भएकाको अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै बेपत्ताहरुको खोजमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका
प्रयासलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । उहाँले बाढीपहिरोबाट विस्थापितहरुका लागि पर्याप्त राहत र घाइतेको
प्रतिकृया दिनुहोस्