एक निर्दयी आमा ! आफ्ना पाँच सन्तानलाई वि’ष खुवाएर मा’रि’न्, आफू सिकिस्त अस्पतालमा

September 4, 2020 348

काठमाडौ । भनिन्छ आमा ममताकी खानी हुन् । आफ्नो सन्तानका लागि उनीहरु जे जस्तो त्याग गर्न पनि तयार रहन्छन् । तर जर्मनीमा यस कथनको विपरित भएको छ । जर्मनीको दक्षिण पश्चिममा रहेको डसेलडोर्फ भन्ने ठाँउमा एक २७ बर्षिया आमाले आफ्ना ५ सन्तानलाई वि’ष खुवाएर मा’रे’की छिन् । उनका ६ सन्तान थिए ।

पहिलो ११ बर्षिय छोरालाई भने उनले बि”ष नदिएको खुलेको छ । सबै सन्तान सि’ध्या’एर आफू रेलको लिकमा कु’देर ज्यान दिने उनको प्रयास भने असफल भएको छ ।

उनका जेठा छोरा भने आफ्नी हजुरआमाकोमा गएकोले यस घटनाबाट उम्केको बताइन्छ । क्रिष्टियन के नाम गरेकी ती २७ बर्षिया आमाले किन यस्तो बाटो रोजिन् त्यो भने खुलेको छैन । आफनो जेठो नाती लिएर ती महिला छोरीको घर आइन् ।

आफ्ना १ देखि ८ बर्षका नाति नातिना अ’चे’त देखेर ती महिलाले आफ्नी छोरीलाई खोजिन् तर त्यहाँ उनकी छोरी थिइनन् । त्यसपछि उनले प्रहरीलाई जानकारी दिइन् । स्वास्थ्यकर्मी र एम्बुलेन्सको साथमा जब पूहरी पुग्यो धेरै ढिलो भै सकेको थियो । सबै बच्चाहरु चि’सा भै सकेका थिए ।

डेली मेलका लागि रस आईबिटसन द्वारा लेखिएको समाचारमा भनिएको छ कि यस्तो घटना घटाएर ती महिला रेलवे टर्याकमा कु’दे’की थिइन् । तर उनको ज्यान भने गएन । ती बच्चाहरुका पिताको बारेमा केही जानकारी प्राप्त भएको छैन र प्रहरी थप जानकारी संकलन गर्न अनुसन्धानमा जुटेको छ ।

प्रतिकृया दिनुहोस्