Friday, April 23

कोरोना खोप विकासमा लागेका ल्याबमाथि चीनले जासुस गरेको अमेरिकाको आरोप

July 22, 2020 61

साउन ७, २०७७ काठमाडौं : कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथि निशाना बनाउन चीनले ह्याकरहरु नियुक्त गरेको अमेरिकाको न्याय विभागले आरोप लगाएको छ। कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा न्याय विभागका अधिकारीले दुई चिनियाँमाथि अभियोग दर्ता गरेका छन्। उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेको आरोप छ। अमेरिकाले हालै चीनको एक साइबर जासुसी कार्यक्रमबारे थाहा भएको बताएको थियो। गएको हप्ता बेलायत, अमेरिका र क्यानडाले रुसले कोरोना भाइरसविरुद्धको खोप सम्बन्धी जानकारी चोरीको प्रयास गरेको अभियोग लगाएका थिए। अमेरिकाले लि सिओयु र दोङ्ग जिझी नाम गरेका इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्व विद्यार्थीमाथि साइबर अपराधमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरेको हो।

प्रतिकृया दिनुहोस्