Tuesday, May 11

कपिलवस्तुमा कोरोना संक्रमण घट्दै, १ सय ४० जना मात्र डिस्चार्ज हुन बाँकी

September 5, 2020 165

भदौ २०, २०७७ कपिलवस्तु : कपिलवस्तुमा कोरोना जित्नेको संख्या एक हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कुल १ हजार १ सय ४७ संक्रमितमध्ये १ हजार ८ संक्रमित कोरोनामुक्त भएका छन्। हाल जिल्ला सदरमुकाम तौलिहवामा ४४ जना, बाणगंगा नगरपालिका ३० जना, कृष्णनगर नगरपालिकामा १९ जना कोरोना संक्रमित आइसोलेसनमा छन्। बाँकी ७ स्थानीय तहमा संक्रमित संख्या १० भन्दा कम छ। त्यस्तै जिल्लामा ४ जनाको कोरोना संक्रमणपछि निधन भएको छ। जिल्लामा समुदायस्तरमा कोरोना परीक्षण गर्दा बढेको कोरोना ग्राफ भदौको दोस्रो साताबाट घट्न सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेपछि कपिलवस्तुको कोरोना संक्रमण नियन्त्रणमा आउन सुरु भएको हो। भिडभाड कम हुँदै गएपछि जिल्लामा संक्रमण फैलिन कम हुँदै गएको हो। पछिल्लो साता जिल्लाका संक्रमण थपिनेको सख्या न्यून हुँदै गएको छ भने निको हुनेको संख्या बढेको छ। समुदायमा परीक्षण गर्दा क्लस्टर लेभलमा कोरोना देखिएको थियो। तौलिहवा र कृष्णनगरका सरकारी कर्मचारी, बैङ्क, प्रहरी र व्यापारीहरूमा संक्रमण भेटिएपछि तत्काल सम्पर्कमा आएकाहरूको खोजी गरी स्वाब परीक्षण गरिएको छ। परीक्षणपछि साउन दोस्रो सातादेखि भदौको पहिलो साता सम्म संक्रमण तीव्र देखिएको थियो। अहिले संक्रमण घटेको छ। भदौ १९ गते मात्र ६६ जना कोरोना जितेर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्