Friday, April 23

आज भारी वर्षाको सम्भाबना

September 6, 2020 207

काठमाडौं-आज अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भाबना रहेको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भाबना रहेको छ ।

त्यस्तै राती पनि हल्का वर्षा भइरहेका प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महानशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्