Thursday, April 22

….त्यसपछि उनले ज्यान लिए

September 6, 2020 196

झापा – झापाको शिवसताक्षीस्थित झिलझिलेका एक युवाको ह त्या उनकै नजिकका साथीले गरेको खुलेको छ । शिवसताक्षी– ११ का २९ वर्षीय गोमनसिंह मगरको ज्यान उनका साथी शिवसताक्षी– ८ का ३२ वर्षीय मनकुमार लिम्बूले गरेको प्रहरीले जनाएको छ । मगरको शव गत बुधबार झिलझिलेनजिक रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटना स्वीकार गरेको प्रहरीले जानकारी गराएको छ ।

ज्या’न लि’नुको कारण आर्थिक लेनदेन नै रहेको एक प्रहरीले बताए । उनीहरू मिल्ने र नजिका साथी थिए । पारिवारिक रूपमा पनि उनीहरू एक–अर्काको घरमा आवतजावत गर्ने गरेका थिए । दुवैजना बहराइनमा पनि एउटै कम्पनीमा काम गर्थे । केही महिनाअघि मात्र स्वदेश फर्किएका थिए । लिम्बूले मंगलबार साँझ घुम्न जाऊँ भन्दै मगरलाई बोलाएर यस्तो गरेको अनुसन्धानमा खुलेको एसपी कोइरालाले जानकारी दिए ।

‘उनीहरू एकदम नजिकका साथी रहेछन् । एक–अर्कालाई हदै विश्वास गर्ने । साँझ हावा खान जाऊँ भन्दै सताक्षीधाम मन्दिरतिर लागेछन् । मृतकले बाइक चलाएका, अभियुक्त पछि बसेको रहेछ । उनले मृतकलाई बाइक बिस्तारै चलाउन लगाएछन्,’ उनले भने, ‘त्यही क्रममा घाँ टीमा धा- ‘रिलो ह ति’यार प्रयोग गरेर गरेको अभियुक्तले स्वीकार गरेका छन् । घटना पछि बाइक जंगलतिर फा’लेछन् । प्र- हारपछि ग’म्भीर घाइते भएका मगर भाग्न खोजेको पनि देखिन्छ । फेरि लिम्बूले अ’न्धा’धुन्द प्र ‘हार गरेपछि उनको निधन भयो ।’ घटना पछि अभियुक्तले मृ’तकको दुईवटा मोबाइल र घटनामा प्रयोग गरेका ह ति’यार नजिकैको खोलामा फा’लेका थिए । ‘शुक्रबार उनले भनेअनुसार जेसिभी लगाएर खेला थुन्यौँ । त्यसपछि पम्पसिटले पानी फाल्दा मृतकको मोबाइल र घटनामा प्रयोग भएको ह ति-यार भे’टियो,’ एक प्रहरीले भने ।

प्ररम्भिक अनुसन्धानअनुसार ज्या’न लिनु’को कारण उनीहरूबीच भएको आर्थिक लेनदेन र त्यसपछि उत्पन्न म’नमु’टाव रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । ‘अभियुक्त लिम्बूले मेरो १०–१२ लाख पैसा हिनामिना गऱ्याे । हिसाबै गरेनन् भन्ने प्रारम्भिक बयान दिएका छन्,’ उनले भने, ‘नजिका साथी भएकाले मगरले यसमा खासै वास्ता गरेका रहेनछन् । तर, लिम्बूले मनमा राखेर बसेका रहेछन् ।’ अभियुक्त लिम्बूलाई आइतबार जिल्ला अदालत झापाबाट कर्तव्य ज्या’नसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्