Wednesday, April 21

श्रीमानलाइ ढाँटेर भतिजसँग घुम्न जंगलतिर घुम्न जाँदा गयो गीताको ज्या’न

September 6, 2020 247
ललितपुर – ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको श व फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको श’व गोदावरी नगरपालिका– १० स्थित लेलेको जंगलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । उनको ज्या’न लि’एको आशंकामा प्रहरीले एक जना आफन्तलाइ प’क्राउ गरेको छ ।  तीन दिनअघि ह’राएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको श’व फे’ला परेको कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।गएराति श’व फेला परेको र श’व परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते ह’राएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको श’व फेला परेको थियो । राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले बिहान गएर श’व उठाएको थियो । आफन्तले उनकै श’व भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदार भतिजलाई प’क्राउ गरेको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिए ।

भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको ज्या’न लि’एको आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले प’क्राउ गरेपछि अ’वैध स’म्बन्ध र लेनदेनका कारण भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अ’वैध स’म्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग स’म्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हि’मचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

केसी परिवारले गीता ह’राएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उ’जुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको ‘श’व शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फे’ला पारेको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको ‘ज्या’न लि’नुको का’रण ले’नदेनको विषयपछि उब्जिएको वि’वा’द हुन सक्ने देखिएको छ । सो क्रममा वि’वाद उ’ब्जिए’पछि घाँ ‘टी थि ‘चेर गीताको गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृ’तक केसीको श्रीमानले र’क्सी खा’एर सधैं गीतासँग झ”गडा’ गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे । श्रीमानबाट अ’पहे’लित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् । ‘राख्न दिएको पैसा मागेपछि गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको ज्या’न ग’एको हो । आरोपीले समेत घटना स्वीकारेका छन् ।’

निर्मलले नै मृतक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृ’तक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् । निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।

मृ’तकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । सहयोग गर्ने बहानामा मृ’तक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ, । निर्मल र गीता विगत ३ वर्षदेखि अ’फेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपी निर्मलले गीतासँग अ’फेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

यो पनि : पत्नीको हौसलाले कोरोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर

भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।

गत जेठ २२ गते उहाँले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट कोभिड–१९ का एक सङ्क्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लागेका थिए । “शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो”, हालसम्ममा एक सयभन्दा बढी सङ्क्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पुर्याका उनि भन्छन्, “त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपार्इं एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।”

मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जङ्गबहादुर खड्का नगरपालिकाले कोरोना सङ्क्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक छन् । उनले जेठ २२ गतेयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना सङ्क्रमितलाई उपचारका लागि पुर्याईसकेका छन्। उनले भने, “सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।”

जङ्गबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी छिन । कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले आँैल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमान्लाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आएकी छन् । “जब जब कोरोना सङ्क्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ”, उनले भने ।

सङ्क्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी उनले राम्ररी पालना गरेको बताए । सङ्क्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उहाँ घर पनि गएका छैनन् । कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए ।

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनि कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन् । जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत सङ्क्रमितलाई अस्पताल पु¥याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सुनाए ।

प्रतिकृया दिनुहोस्