Tuesday, May 11

गंगाले पाइनन् माइतीको पनि साथ, नन्दको जिम्मा हामी लिन्नौं भन्दै भाउजु मिडियामा (भिडियो हेर्नुस्)

September 6, 2020 1475

काठमाडौ । सुर्खेतमा अहिले केही दिन यता एउटा सोच्नै नसक्ने घटना सार्वजनिक भएपछि सामाजिक सञ्जाल युट्युव सञ्चालकहरुको भिड सुर्खेतमा लागेको छ । २४ वर्षीया गंगा विकले आफ्नो जेठाजुको छोरासंगको सम्बन्धमा बच्चा जन्माएको दावी गर्दै युट्युवमा सार्वजनिक भएपछि अहिले युट्युवरको भिड सुर्खेतमा लागेको हो ।

गंगाका श्रीमान २ वर्ष देखि भारतमा छन् । आफ्नो घरमा दुई छोरीका साथमा बसेकी गंगा गएको कात्तिक महिना देखि नै बेलाबेलामा घर छोड्दै हिड्दै गर्ने गरेकी थिइन् । मंसिर महिना देखि नै माइतमा बस्दै आएकी गंगाले भदौमा बच्चा जन्माएर आएपछि खैलाबैला भएको थियो ।

उनले आफ्नै जेठाजुका १४ वर्षीय छोराको गर्भ वोकेको दावी गर्दै आफुले जन्माएको बच्चालाई न्याय दिनुपर्छ भनेर आएपछि खैलाबैला भएको हो । तर उनले आरोप लगाएका जेठाजुका छोराले भने गंगाको आरोप अस्विकार गरेका छन् । अहिले गंगा फेरी माइतीकै संरक्षणमा बसेकी छन् । गंगाको सो दावीलाई सामाजिक सञ्जाल हेर्नेहरु र स्वयं गंगाका माइतीले पनि स्वीकार गरेका छैनन् । गंगाको भाउजु देउकला विकले आफ्नै नन्दको गल्ती भएको भन्दै गंगाको जिम्मा नलिने बताएकी छन् ।

घरमा गल्ती गरेर माइत आउने अनि हामीलाई यस्तो दुख दिन पाइन्न उनले भनिन्, हामी पनि जिम्मा लिन्नौं । उनले बच्चाको बुवा अरु कसैको भएपनि अहिले पनि सत्य कुरा बोल्न सुझाव दिएकी छन् । अरुको छोरालाई त्यसै दोष दिन मिल्दैन, आफुलाई छोराले त्यस्तो गलत नजरले हेरेको भएपनि माइतीलाई केही नभनेका कारण नन्दकै गल्ती भएको बताइन ।

अहिले अनेक प्रविधि थियो जे पनि गर्न सकिन्थ्यो हामीले किन पेट यस्तो भएको हो भनेर सोध्दा पनि उनले पेटमा पानी जमेको भनेको छ भन्दै हामीसंग झुटो बोल्नुभयो, उनले भनिन्, आफ्नो घरवाट माघको महिनावाट निस्केर कहिले नेपालगन्ज त कहिले दैलेख गएको बताएको बताइन् । गंगाको भाउजुले नन्द आफैले विगारेको काम आफै मिलाउन सुझाव दिएका छन् । भिडियो :

प्रतिकृया दिनुहोस्