Wednesday, April 21

थानकोटमा डिजेल बोकेको ट्याङ्कर पल्टियो

September 6, 2020 239

काठमाडौँ । चन्द्रागिरि नगरपालिका– ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।

रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको गाडी पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

यो पनि पढ्नुहोस
नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ: मन्त्री भुसाल

गण्डकीमा स्वास्थ्यकर्मी र फाईनान्स कर्मचारीसहित थप ६७ जनामा कोरोना…

ना ७ ख ७३९ नम्बरको ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । ‘अचानक ड्याम्म आवाज आयो के भएको रहेछ भनेर घरबाट हेर्दा डिजेल ट्याङ्कर उतानो परेछ,’ एक स्थानीयले भने ।

उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

गाडी दुर्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भएपनि ठूलो दुर्घटना टरेको स्थानीयको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्