Monday, August 2

अस्पतालको लापरवाही ! शुक्रबार परीक्षण नै नगरी रिपोर्ट ‘नेगेटिभ’, शनिबार पोजेटिभ

September 6, 2020 223

काठमाडौ । अस्पतालले पारवाही गर्दै कोरोनाका बारेमा गलत सूचना दिएपछि अस्पतालकै टेक्निसियनहरुले विरोध गरेका छन् । अस्पतालले गलत रिपोर्ट सार्वजनिक गरिदिएका कारण आफुहरुको दक्षता माथि प्रश्न उठेको भन्दै प्राविधिकहरुले विरोध गरेका हुन् ।

भरतपुर अस्पतालमा पिसिआर परिक्षण नै नगरेका ब्यक्तिलाई रिपोर्ट नेगेटिभ आएको भन्दै अस्पतालले भनेपछि टेक्निसियनहरुले गुनासो गरेका हुन् । एकै परिवारको ३ जनाको स्वाव परिक्षणका लागि लगिएकोमा एक जनाको स्वाव पोखिएको अवस्थामा ल्यावमा पुगेको भन्दै प्राविधिकहरुले परिक्षण गरेका थिएनन् । तर अस्पतालले २ जनाको पोजेभि र एक जनाको रपोर्ट नेगेटिभ आएको जानकारी परिवारलाई दियो ।

भरतपुर महानगरपालिका वडा नं।६ केशरबागका ५२ वर्षीय पुरुषको बिहीबार परीक्षण नै नगरी भरतपुर अस्पतालले नेगेटिभ रिपोर्ट आएको जानकारी शनिवार उनलाई दियो । तर परिक्षण उनको बुवा र आमाको मात्र गरिएको थियो । प्राविधिकले ति पुरुषको स्वाव परिक्षण नगरिएको जानकारी अस्पताललाई दिएको भएपनि अस्पतालले उनलाई रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको थियो ।

तर पछि फेरी उनको स्वाव परिक्ष्ण गरियो । शुक्रवार फेरी स्वाव लिएर गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शनिवार उनले आफुलाई कोरोना पोजेटिभ भएको जानकारी पाएका छन् । उनी कोरोना पुष्टि भएका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलाका जेठो छोरा हुन् । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए ।

 

प्रतिकृया दिनुहोस्