Thursday, April 22

चीनले १००० वर्ग किलोमिटर क्षेत्रबाट भारतीय सेनालाई हटायो

September 6, 2020 263

एजेन्सी। भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई ह’टाएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको निय’न्त्रणमा छ। भारतीय सञ्चारमाध्यमहरुले भने चीनले १००० वर्ग किलोमिटर भूभाग क’ब्जा गरेको दा’वीसहित विभिन्न सनसनीपूर्ण सामग्री प्रकाशन/प्रसारण गरिरहेका छन्।

भारतमा प्रकाशन हुने अंग्रेजी अखबार द हिन्दुले पनि गु’प्तचर स्रो’तलाई हवाला दिँदै लद्दाखमा चीनले ९०० वर्ग किलोमिटर क्षेत्रमा निय’न्त्रण गरेको जनाएको छ। भारतीय सुरक्षाकर्मीले गस्ती गर्ने गरेको पेट्रोलिङ बिन्दु १०–१३ देखि देप्साङ्गसम्म अहिले चिनियाँ सैनिक तै’नाथ भएका छन्। अप्रिलदेखि नै चीनले भारतसँगको सीमामा सैनिक तैनाथी व्यापक बनाएको छ। देप्साङ्ग मैदानदेखि चुसुलसम्म चीनले एलएसी समेतलाई समेटेर व्यवस्थित तरिकाले सेना परि’चालन गरेको छ।

प्रतिकृया दिनुहोस्