Thursday, April 15

पहिलो गीत रेकर्ड गरेर घर फर्किएका जन्तरे मामालाई भब्य स्वागत (भिडियो सहित्)

September 7, 2020 305

पछिल्लो समय सामाजिक संन्जालमा रातारात भाइरल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नारायण गोपाल भन्ने टाईटलमा भिडियोहरु सार्वजनिक हुन् थाले पछि उनि रातारात भाइर बनेका हुन् ।

पाँचथरको फिदिममा जन्म लिएका उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो ।

उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे रे । त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टाइटल दिएको ।

यतिबेला उनको आवाजले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन थालेको छ । सोहि अनुरुप यति बेला उनलाई गीत गाउने अफर आईरहेको छ । हालाई मात्र उनी पहिलो पटक काठमाण्डौँ गएर आफ्नो सपना पुरा गरी घर फर्केका छन् ।

उनले पहिलो पटक स्टुडियो मार्फत गीत गाउने अबसर प्राप्त गरेका थिए । पहिलो गीत रेकर्ड गरेर घर फर्केका उनलाई श्रीमती र छोराले स्वागत गरेका छन् । उनलाई हेर्न स्थानीय वासीको घुइचो लाग्या थियो ।

भिडियो हेर्न यहा थिच्नुहोस् ।

 

प्रतिकृया दिनुहोस्