मासु खाने र नखाने विषयमा श्रीमानसंग झ’ग’डा, ४ छोराछोरी छोडेर श्रीमती अर्कैसंग हिडिन् (भिडियो हेर्नुस्)

September 7, 2020 626

नवलपुरमा एउटा अनौठो घटना भएको छ । साउन महिनामा मासु खाने र नखाने विषयमा भएको विवादका कारण श्रीमतीले घर छोडेर हिडेकी छन् । नवलपुरका नरवहादुर कुमालले साउन महिनामा कुखुराको मासु ल्याउन खोजे, साउनको १ गते नै श्रीमानले मासु ल्याउन खोजेपछि उनीहरुबीच विवाद भएको थियो ।

उनी साउन महिनाकै दिन माइतवाट आएकी श्रीमतीले माइतमै मासु खाएर आएकी थिइन् तर श्रीमानले पनि म आज मासु ल्याउँछु भने त्यतिकैमा उनीहरुको विवाद भयो ।

त्यसपछि उनी फेरी माइत गइन् अहिले उनी अर्कैसंग हिडिन् । उनीहरुको जेठी छोरी नै १७ वर्षकी भइन् । उनको विवाह पनि भइसकेको छ । कान्छी छोरी पनि विवाह गर्ने उमेरकी भएको उनले बताए । त्यस पछि उनका २ छोरा पनि भए ।

चार सन्तानकी आमा अहिले मासुको विषयमा भएको विवादले घर छोडेर हिडिन् र अर्कैसंग गएको उनको भनाई छ । यस अघि पनि उनको श्रीमती एक जना पुरुषसंग गएकी थिइन् उनले फर्काएर लिएर आएका थिए । उनले अहिले पनि ति पुरुषसंगै गएको भनेर आफुले जानकारी पाएको बताएका छन् ।

श्रीमतीले पहाडमा फोन गरेर म पहिलाकै केटासंग गएँ भनेर बताएको बताएको आफुले थाहा पाएको बताए । पहिला पनि यसरी हिडेकी थिइ, मैले ल्याएँ अहिले फेरी उसैले लगेको सुनेको छु । सहकारीमा उसको खातामा ५० हजार रुपैया छ त्यो पैसा फिर्ता लिएर अब उसलाई छोड्ने हो उनले भने ।

अब त छोराछोरीले पनि धेरै पटक फर्काएर ल्याउन नहुने भनेर सुझाव दिएको बताएका छन् । त्यो पुरुषको पछि लागेर हिड्नेलाई कतिपटक फर्काउने हो अब नल्याउने भन्छन्, उनले भने । उनले साउने सक्रातीमा सबैले मासु ल्याएको देखेपछि आफुले पनि ल्याउँछु भनेर भन्दा विवाद भएर श्रीमती उठेर गएको बताएका छन् । अब त स्वीकार गर्दिन दुनियाले थुक्छन् ।

प्रतिकृया दिनुहोस्