Thursday, May 13

प्रदेश ५ मा एक कैदीसहित छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु

September 7, 2020 231

भदौ २१, २०७७ अर्घाखाँची : प्रदेश ५ का विभिन्‍न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा एक कैदीसहित ६ जनाको मृत्यु भएको छ। अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देही तिलोत्तमा नगरपालिका-५ का ४६ वर्षीय कैदी (विजय पाण्डे) भन्ने रामप्रसाद पाण्डेको मृत्यु भएको छ। उनको शरीर एक्कासि सुन्निएर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याउनेबित्तिकै आइतबार बिहान मृत्यु भएको निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए। त्यस्तै, पाल्पा र बर्दियामा भएका सवारी दुर्घटनामा दुईजना, रुपन्देही, दाङ र बाँकेमा पानीमा डुबेर तीनजना तथा अर्घाखाँचीमा एकजना कैदी गरी ६ जनाको मृत्यु भएको हो। यस्तै, पाल्पाको रम्भा गाउँपालिका-५ मा जिपको ठक्करबाट स्थानीय ६० वर्षीय पैदल यात्री भुपालसिह रानाको मृत्यु भएको छ। ना३च ८८०८ नम्बरको बलेरो जिप अनियन्त्रित भई पल्टिएर रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय तुलराम थारूको ५ वर्षीया छोरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, बाँकेको खजुरा गाउँपालिका-४ निमपुरकी ५५ वर्षीया रामावती चमारको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिका-३ छोट्की मधुवनियाका निरञ्जन यादवका १५ वर्षीय छोराको घरदेखि दुई सय मिटर पश्चिमतर्फ रहेको नालामा डुबेर मृत्यु भएको छ। त्यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्काको नालीको खाल्डोमा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। तुलसीपुर १९ ग्वारखोला खैरेनीचोककी महिलाको घोराही तुलसीपुर सडक खण्डको नालीको खाल्डोमा जम्मा भएको पानीमा मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्