Friday, April 23

कोरोना लागेको मान्छेको आँखा, मृगौला निकालिन्छ भनेर अफवाह फैलाउने व्यक्ति पक्राउ

September 7, 2020 251

काठमाडौं २२ भाद्र / कोरोना भाइरस ( कोभिड-१९ ) को बारेमा अफवाह फैलाउने एक जनालाई प्रहरीले ललितपुरबाट सोमबार बिहान प’क्राउ गरेको छ ।

युट्युबमा भ्रामक अन्तर्वार्ता दिएको कारण चिकित्सक सुवास सुब्बा लिम्बु प’क्राउ परेका हुन् ।

उनले “नेपालमा कोरोना भाइरस छैन, कोरोनाबाट ज्यान गुमाउनेरहरुको मृगौला निकालिन्छ” भन्ने जस्ता अभिव्यक्ति अन्तर्वातामा दिएका थिए । अन्तर्वातामा सुब्बाले कोरोनाको अौषधी आफूले बनाएको दावी समेत गरेका थिए ।

झण्डै १ लाख जनाले हेरेको उक्त अन्तर्वाता अहिले युट्युबमा भेटिदैन । सुब्बा प’क्राउ परे लगत्तै युट्युबबाट उक्त सामाग्री हटाइएको छ ।

प्रतिकृया दिनुहोस्