Thursday, May 13

तुइनवाट खसेर ७७ वर्षका वृद्धको निधन

July 22, 2020 279

काठमाडौं । आफ्नो खेतमा जानका लागि तुइन चढ्न लागेका एक वृद्धको ल’डेर निधन भएको छ । मकवानपुरमा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको निधन भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ ५ बजे तिर उनी खेतमा जान लागेको थिए । तुइनबाट खुसेर हेटौंडा उपमहानगरपालिका९१ लालझाडी बस्ने कृष्ण प्रसाद पराजुलीको निधन भएको प्रहरीले जनाएको छ । तुइनवाट खुसेर घाइेत भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको उपचारका लागी अस्पताल लैजादै गर्दा निधन भएको हो।

मंगलवार साँझ पारीपट्टिको खेतमा जान खोजेका थिए । एउटा खुट्टाले तुइनमा चढिरहेका थिए तर अर्को खुट्टा राख्ने क्रममा उनी चिप्लिएका हुन् । चिप्लिएर चट्टानमा बजा’रिएपछि उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई प्रहरी पुग्नुअगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो। जिल्लाबाट भरतपुर अस्पतालमा ‘रिफर’ गरिएको थियो तर पुग्न नपाउँदै उनको बाटोमै निधन भएको हो । उनको शव पोष्टमार्टमको लागि हेटौंडा जिल्ला अस्पतालमा राखिएको छ।

मुलुकका विभिन्न जिल्लामा पुल नहुँदा नदि पार गर्न तुइनको भर पर्नुपर्छ । तुइनका कारण वर्षेनी यस्ता दुर्घटना हुने गरेका छन् । केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुनासाथ मुलुकभरका तुईन विस्थापित गर्ने बताएका थिए । तर अहिले सम्म सबै तुइन विस्थापित हुन सकेका छैनन् ।

यो अर्को समाचार, कपनको सडक र पसल वर्षेनी डुबानमा
बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ ।

सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको छ र पसल डुबानमा पर्ने गरेका छन् । चाबहिलको गोपीकृष्ण हल नजिक ढल भत्किएर सडकबाट नहरमा झैँ पानी बग्ने गरेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको भन्दै स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

आजभोलिको समयमा त सडकमा पर्ने ढलको जताततैबाट पानी बग्ने गरेको छ । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत दुर्घटनामा पर्ने गरेका छन् ।

घुडाँसम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्दै गरेका कपन सरस्वतीनगर बस्ने रामप्रसाद दुलाल भन्नुहुन्छ, “यस्ता समस्या हामीले वर्षौँदेखि खेप्दै आएका छौँ । धेरैपटक यहाँको स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग मर्मत तथा स्तरोन्नतिको माग नराखेको पनि होइन तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्ति रहेको देखियो ।”

 

प्रतिकृया दिनुहोस्