Tuesday, May 11

बिबिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय युवतीको बिराटनगरमा ह’त्या

September 7, 2020 834

विराटनगर – सुनसरी देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको ‘ह’ ‘त्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाउनुभएको छ । निजकी छोरी रिङ्कीकुमारी मेहता महतो विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अ पह’रण गरी घरमा लगेर ज्यान लिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जयशङ्करले आरोप लगाए ।

“मेरी छोरीलाई घरमै ज्गयान लिएर झु’ ण्डाई देहत्याग देखाउन खोजिएको छ । यसले हामीलाई झनै पी’डित बनाएको छ । यस घटनामा प्रहरी प्रशासनले वास्तविकता छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृ’तकका बुबा जयशङ्करले भने । यस्तो ज’घन्य अ’पराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आ’क्रो’श पो’ख्दै जयशङ्करले आफ्नी छोरीको ह’ ‘त्या’ भएको निवेदन हुलाकमार्फत पठाउनुपर्दा आफू झनै पी’डित भएको बताउनुभयो । आफ्नी छोरीको ज्या’न लिनेलाइ कानूनी कारबाही हुनुपर्ने माग पनि उनले माग गरे ।

मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको ज्यान लिएको आ’रोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै ज्यान लिएको आरोप लागेको हो।

आरोपितलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र मृतक रिङ्कु कुमारी मेहता
विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्। गालामा डण्डीफोर र दाँतको समस्या रहेकाले दाजुले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएकी थिइन्।

फोन गरेको केही समयपछि मोबाइल अफ हुँदा परिवार त’नावमा थियो। पूर्वसभासद मुगालाल मेहताले राति ११ बजे फोन गरेर छोरी केटासँग भागेर आएको भन्दै तत्काल आफ्नो घरमा आउन भनेका थिए। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मृत्तकका बुवा जय किशोरले भने, ‘राति पूर्वसभासदको घर १२ बजे पुगेँ। त्यहाँ पुग्न साथ छोरी भागेर केटासँग आएकी छ, विवाह गरिदिनु पर्‍यो भन्दै द’बाब दिए।’

उनले छोरीसँग एक पटक भेट्न खोज्दा पनि नदिएको गुनासो गरे। उनलाई छोरी भगाएर लाने केटालाई १० लाख दाइजो दिएर बिहे गर्ने द’बाब पूर्वसांसद मेहताले नै दिएका थिए। यो द’बाबपछि बिना छलफल फर्किएको उनको भनाइ छ ।

‘सभासदले फोन गरेर बोलाए तर छोरीसंग भेट्न दिएनन्’, उनले भने। उल्टै दाइजो दिन द’बाब दिएपछि आफू फर्केर आएको केही बेरमा छोरीलाई जिम्मा लगाएर रमेशको घर पठाएको थाहा पाएको उनले सुनाए।

रमेशको घर भदौ ३ गते मध्यरातमा पठाएकी छोरीले देहत्याग गरेको भन्दै सभासद मेतहताले ५ गते बिहान राति ३ बजे फोन गरेर जानकारी दिएको उनले सुनाए । मेरा आफन्तलाई फोन गरेर पूर्वसभासद मेहताले सुनाएपछि आफूहरु गएको मृ’तकका दाजु जयप्रकाश मेहताले बताए।

सुतेको कोठाको बरण्डामा प्लास्टिकको कुर्सीमाथि पा सो’ लगाएको अवस्था हेर्दा ज्या’न लि’एर ‘झु’न्ड्यिा”एको आ’शंका उनीहरुले गरेका छन्। बहिनीले घरबाट हिँड्दा लगाएका गहना नभएकाले पनि दाइजोकै नाममा ज्या’न ग’एको आरोप परिवारले लगाएका छन्।

देवानगञ्ज–३ का वडा अध्यक्ष अनिल भगतले घटना सुनेर आफूहरु पनि हेर्न गएको बताए । हेर्दा मृत्यु शं’कास्पदनै देखिने उनको भनाइ छ । छोरीको घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिँदा पनि लिन नमानेपछि हुलकामार्फत जाहेरी पठाएको बताए । छोरी रिंकीलाई लैजाने रमेश र उनका दाजु उमेशलाई प्रहरीले दुई दिनसम्म हिरासतमा राखेर छोडेको छ ।

 

प्रतिकृया दिनुहोस्