Monday, July 26

चापागाउँको जंगलमा महिला मृत फेला, अनुहार छिया-छिया !

September 7, 2020 465

काठमाडौँ – ललितपुर चापागाउँमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। चापागाउँ मुलडोल स्थित एक महिला शनिबार बिहान मृत अवस्थामा फेला परेका परेकी हुन्।

 

मृत फेला पर्नेमा ३९ वर्षीया गीता केसी रहेकी छन्। उनी अल्का अस्पतालमा कार्यरत रहेको थाहा हुन आएको छ। प्रहरीले डग स्कुलबाट मगाएका दुई कुकुरले उनको ‘ह्यान्ड ब्याग’ फेला पारेको र त्यसमा अल्का अस्पतालको आइडी कार्ड फेला परेको प्रहरीको भनाई छ।

 

मुख्य सडकबाट करिब २ किलोमिटर भित्र जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेकी महिलाको अनुहार छिया-छिया पारिएको पाइएको प्रहरीको भनाई छ।

 

एक जना पक्राउ

प्रहरीका अनुसार मृत भेटिएकी महिला केहि दिन देखि हराएको भन्दै निवेदन ललितपुर परिसरमा परेको थियो। शुक्रबार राति नै उनको शव फेला परे पनि शवको मुचुल्का शनिबार बिहान मात्रै उठाइएको थियो।

अनुसन्धानमा जुटेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। ह-त्याको आशंकामा प्रहरीले भैंसीपाटीबाट नाताले भतिज पर्ने निर्मल केसीलाई नियन्त्रणमा लिएको हो।

अपडेट

गीता केसीको उनकै भतिजा निर्मलले ज्यान लिएको खुल्न आएको छ । प्रहरीसँगको बयानमा निर्मलले घटना आफूले नै गीताको घटाएको गरेको स्वीकार गरेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा निर्मल र गीताबीच तीन वर्षदेखि नजिकको सम्बन्ध (प्रेम सम्बन्ध) कायम रहेको खुल्न आएको छ । प्रहरीसँगको बयानमा निर्मलले आफूले नै घटना घटाएको स्वीकार गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्