Wednesday, April 21

भगाएर लगेको २ दिनमै बेहुलीको गयो ज्या’न

September 7, 2020 486

काठमाडौ । दाइजोका कारण सुनसरीमा फेरी एक युवती बेहुली बनेको दुई दिनमै ज्यान गुमाउनु परेको छ । युवती भ’गा’एर लगेको २४ घण्टामै दाइजो स्वरुप मागेको १० लाख दिन नसक्दा बेहुली बनेको २ दिनमै आफने छोरीको ज्ज्यान लिएको माइतीको दावी छ । ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ की २२ वर्षीया रिंकीकुमारी मेहताको दाइजोका कारण श्रीमानका परिवारले ज्यान लिएको भन्दै माइतीको आरोप छ । उनीहरुले आइतवार पत्रकार सम्मेलन गरेर घटनाको छानविन गरी कारवाही गर्न माग गरेका छन् ।

माइती पक्षले आफूहरुसँग १० लाख रुपैयाँ दाइजो मागेर र त्यो दिन नसक्दा रिंकीको ज्यान लिएको दावी गरेका छन् युवतीलाई अ’प’ह’र’ण गर्ने तरिकाले युवकले लिएर गएर दाइजो माग्दै फोन गरेको परिवारका सदस्यको भनाई छ ।

विराटनगरस्थित इडेनवर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिंकी भदौ १ गते गढी गाउँपालिका–४ स्थित छिटाहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएर फर्कने क्रममा उनलाई युवकले लिएर गएका थिए । दाईको घरवाट आफ्नो घर फर्कने क्रममा वाटोवाटै लिएर गए पछि माइतीमा फोन गरेर १० लाख मागेको माइतीको दावी छ ।

दाइका घरवाट हिडेकी छोरी राती सम्म पनि घर नपुगेपछि उनको खोजी गरिएको थियो । त्यही दिन देवानगञ्ज–४ का रमेशकुमार मेहताले रिंकीलाई लिएर गएको आफुले थाहा पाएको बुवा जयकिशोर महतोले बताएका छन् । भ’गा’एर लगेको केही घण्टा पछि नै युवकको परिवारले दाइजो स्वरुप १० लाख रुपैया मागेको र त्यो दिन नसकेपछि ज्यान लिएको आरोप जयकिशोरले लगाएका छन् ।

केटासंग मा’गी’सकेकी छोरीलाई सोही केटासंग विवाह गरिदिन आफुहरु राजि भएको भएपनि भनेजति पैसा दिन नसकेको उनको भनाई छ। दाइजो दिन नसक्ने भएपछि उनीहरूले छोरीसँग भेटसमेत गर्न नदिएको बाबुको भनाई छ ।

उनका अनुसार भदौ ५ गते बिहान ३ बजेतिरफोन गरेर छोरीले पा’सो लगाई झु’न्डि’ए’को खबर दिएको बाबुको भनाई छ । छोरी रिंकीलाई लैजाने रमेश र उनका दाजु उमेशलाई प्रहरीले दुई दिनसम्म हि’रा’स’तमा राखेर छोडेको छ।

 

प्रतिकृया दिनुहोस्