Friday, April 23

बाँसबाट सुन्दर घरेलु सामग्री बनाउँदै झापाका युवा

September 8, 2020 283

भदौ २३, २०७७ ओखलढुङ्गा : गरे बाँसबाट के बन्दैन? बासबाट फर्निचारका समान मात्र होइन, हेर्दा नै लोभ लाग्ने भाँडाकुँडा बनाउन सकिने रहेछ। यस्तै, भाँडाकुँडा बनाउँदैछन् झापाको बुद्धशान्ति गाउँपालिका–१ का तीनजना युवाले। स्थानीय मनोज प्रसाई, गोकुल पौडेल र रोशन भट्टराईले स्थानीय स्तर पाइने बाँसबाट घरमा प्रयोग हुने विभिन्न सामग्रीहरु बनाइरहेका छन्। उनीहरुले सञ्चालन गरिरहेको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जगलगायतका सामग्रीहरु उत्पादन हुँदै आएको छ। बजारको मागअनुसार बाँसका अन्य विभिन्न सामग्रीहरु समेत उत्पादन गर्दै लैजाने मनोज प्रसाईले बताए। पछिल्लो समय प्लास्टिकजन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बेला बाँसका उत्पादन वातावरणमैत्री तथा स्वस्थ्यकर रहेकाले सबैले प्रयोग गर्नुपर्ने उनको भनाइ छ। दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु बाँसकै बनिने भएकाले स्थानीय क्षेत्रमा पाइने बाँसको प्रयोगबाट बनेका उत्पादन सबैले प्रयोग गर्नुपर्ने सञ्चालक गाोकुल पौडेल कतनउन्छन्। पछिल्लो समय खुलेका विभिन्न होम स्टे र होटल रेन्टुरेन्टहरुमा घरेलु सामग्रीहरु प्रयोग हुन थालेको देख्न सकिन्छ। बाँसबाट बन्ने सामग्रीहरु त्यस्ता ठाउँहरुमा पुर्याएर बजारीकरण गरिने सञ्चालक रोशन भट्टराईले बताए। स्थानीय युवाहरुको कार्यालाई प्रशंसा गर्दे बुद्धशानित गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले स्थानीय तथा केन्द्रीय सरकारको समन्वयमा नेपालमा मात्र नभएर विदेशी मुलुकहरुमा पनि यस्ता नेपाली हस्तकलाका उत्पादनहरु पुर्याइ बजारीकरण गर्न सकेमा नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने र सम्पूर्ण नेपालीहरुलाई यस्ता स्थानीय उत्पादन प्रयोग गर्न बताएका छन्।

प्रतिकृया दिनुहोस्