Sunday, June 20

भारतीय बहुचर्चित गायिका आशा भोष्लेको आज जन्मदिन

September 8, 2020 314

काठमाडौँ । भारतीय बहुचर्चित गायिका आशा भोष्लेको आज जन्मदिन परेको छ । १९३३ सालमा आजकै दिन जन्मेकी कैयौँ हिट गीतकी गायिका आशा आजबाट ८७ वर्षमा लागेकी छिन् । करिब ७ दशक देखि बलिउडमा एक छत्र राज गरेकी आशा नेपालमा पनि उत्तिकै लोकप्रिय छन् ।

२० भाषामा ११,००० भन्दा बढि गीत रेकर्ड गराउँदै उनले गिनिज बुकमा समेत आफ्नो नाम लेखाउन सफल भएकी आशाले चलचित्र माइतीघरको बसन्त नै बस्न खोज्छ यहाँ, मोहनी लाग्ला है, पहाडको माथी माथी, ‘गैरी खेतको ‘ , ‘नगर दोमन’ , ‘आगे आगे तोपैको गोला’ लगायतका रहेका छन् ।

सांगितीक परिवारमा जन्मिएकी आशाकी दिदी लता मंगेस्कर पनि गायिका हुन् । आशाले पछिल्लो समय गायक किशोर शिवाकोटीको गुँराश फुल्यो बनैभरीको गीतमा स्वर भरेकी छिन् । हेर्नुहोस् किशोरको उक्त रमाइलो गीत । जसमा नायिका प्रियंका कार्कीको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्