Wednesday, June 23

अष्ट्रलियाबाट नेपाल ल्याउँदा प्रति उडान १० लाख कमीसन

September 8, 2020 316

काठमाण्डौ । अष्ट्रलियामा रहेका नेपालीहरुलाई सोदेश फर्काउने नाउमा दलालहरु पर्यटन मन्त्री योगेश भट्टराई मन्त्रालायका प्रवक्ता सुरेश अर्याल, नागरीक उडड्यनका महानिदेर्शक समेतलाई प्रयोग गरेर प्रति चार्टर रु १० लाख कमीसन खाने रहस्य खुलेको छ ।

सरकारले कोरोना पिडित देशहरुबाट आफ्ना नागरिकहरुलाई नि: शुल्क सोदेश ल्याउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई समेत अटे्र गरीरहेको छ । अहिलेको स्थितीमा वैदेशिक रोजगारमा गएका झण्डै दुई लाख पचास हजार नेपाली युवाहरु सोदेश फर्कने तयारीमा छन् । तर, खाडी मुलुकहरुको अवस्था राम्रो नहुदा अष्ट्रलिया, बहराईन, जापान जस्ता देशबाट नेपाल फर्कन तयार भएका नेपाली युवाहरुलाई नि: शुल्क आफ्नो देशमा फर्कन पाउने संबैधानिक अधिकारमाथि प्रहार गर्न वर्तमान सरकार र सम्बन्धित निकायहरु लाग्नुको कारण अन्र्तराष्ट्रिय उड्डयनमा समेत बिचैलीयाहरु हाबी भएको पुष्टि हुन्छ ।

यति खेर सरकारले जनताको पक्षमा देश भित्र राम्रो गरेन गरेन विदेशमा रहेका आफ्ना नागरीकलाई देशमा भित्र्याउन पनि किन यस्तो बिचैलीयाको काम गर्दैछ । कतै कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गकोबिरुद्ध बिचैलीया र अपराधीहरुको संरक्षण केन्द्र त होइन ? संक्का उब्जिएको छ ।

प्रतिकृया दिनुहोस्