Thursday, May 13

परीक्षण गरिएका व्यक्ति नै बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित !

September 9, 2020 414

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित गरेको छ । परीक्षणमा सहभागी एक मानिस नै बिरामी परेपछि परीक्षण स्थगित गरिएको हो । उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर निर्माण गरेका थिए । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ ।

परीक्षण गरिएका व्यक्ति नै बिरामी परेपछि थप अध्ययन गर्न स्थगित गरिएको एस्ट्रोजेनेकाले जनाएको छ । विश्वका अन्य खोपमध्ये यसप्रति बढी अपेक्षा गरिएको थियो र अन्य परीक्षणमध्ये यो सबैभन्दा अगाडि रहेको विश्वास गरिएको थियो ।

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसलाई सामेल गराइएको थियो। बिबिसीका अनुसार अक्सफोर्डको यो परीक्षण विश्वका अन्य देशहरुमा पनि स्थगित गरिएको छ । अब यसबारेमा स्वतन्त्र रुपमा अनुसन्धान हुनेछ र नियामक निकायले फेरि परीक्षण सुरु गर्ने कि नगर्ने भनेर तय गर्नेछ भनेर बीबीसीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायललाई रोक्नुपरेको यो दोस्रो पटक हो । धेरै संख्यामा परीक्षण गर्दा यस्तो हुनुलाई विशेषज्ञहरुले सामान्य ठान्दछन् ।

प्रतिकृया दिनुहोस्