Tuesday, June 22

अलपत्र यात्रुलाई खाना खुवाए पाँच सय रुपैयाँ पाइने

July 22, 2020 275

साउन ७, २०७७ गुल्मी : कालीगण्डकी गाउँपालिकाले अलपत्र यात्रुहरुलाई खाना पकाएर खुवाए दैनिक पाँच सय रुपैयाँ दिने भएको छ। बर्खाको समयमा सडक अवरुद्ध हुँदा अलपत्र भएका र बाहिरबाट आएकाहरुलाई विद्यालय अर्थात समुदायले तोकेको स्थानमा राख्नुपर्ने भएकाले उनीहरुलाई दैनिक खाना खुवाउनेलाई पाँच सय रुपैयाँका दरले उपलब्ध गराउने वडा नं‍. १ हर्मीचौर वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए। खाना पकाउन र खुवाउन सक्नेले वडा कार्यालयमा निवेदन दिनका लागि ५ दिनको समय दिइएको छ। आवश्यक पर्ने खाद्यान्न वडा कार्यलय अर्थात गाउँपालिकाले उपलब्ध गराउने छ। दैनिक रुपमा खाना खुवाउने र आवश्यक पर्दा उपस्थित हुन सक्नेहरुले वडा कार्यलयमा निवेदन दिन सक्ने र उनीहरुलाई दैनिक ज्याला स्वरुप पाँच सय रुपैयाँ उपलब्ध गराइने कार्यालयले जानकारी दिएको हो। क्वारेन्टाइनमा बस्ने र अलपत्र यात्रुहरूका लागि खाना खुवाउने मानिस नपाइएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। बुटवल र पोखरा लगायतका स्थानमा जान लागेकाहरू र हर्मीचौर जक्सन भएको र त्यहाँ अझै धेरै यात्रुहरु अलपत्र हुने भएकाले उनीहरुलाई व्यवस्थापन गर्नका लागि समस्या देखिएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्