Monday, August 2

आकाशमा उड्ने परिवार: बाबु-छोरा पाइलट, आमा एयरहोस्टेज

September 10, 2020 508

काठमाडौ। कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो ।

जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् । अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन ।

बाबु-आमा-छोराको उडान

सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ ।

जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो ।

दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ ।तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् । पुरा पढ्नुहोस…

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस्भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्