Thursday, May 13

नेपाली बजारमा आज पनि बढ्यो सुन चाँदीको मूल्य

September 10, 2020 291

काठमाडौँ : नेपाली बजारमा आज बिहीबार पनि सुन चाँदीको मूल्य बढेको छ । बुधबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ३ सय पुगेको छ । चाँदीको भाउ पनि आज १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय २५ रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।

यो पनि पढ्नुस्

असोज १ गते देखि यातायात व्यवसायीले जसरी पनि यातायातका साधन सञ्चालनमा ल्याउने बताएका छन् । सरकारले असोज १ बाट लामो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरे पनि अन्योलपूर्ण अवस्था कायमै रहेका बेला व्यवसायीले यस्तो दाबी गरेका छन् । कोरोनाका कारण देखाउँदै सरकारले पटकपटक लामो दूरीका सवारी सञ्चालन गर्ने समय सार्दै आएकाले पनि व्यवसायी सरकारको कदममा ढुक्क छैनन् ।

अब पनि रोक लगाए त्यसलाई नमान्ने र जबर्जस्ती सवारी चलाउने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै मजदुर ट्रेड युनियनसहितको टोलीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेका छन् ।

भेटमा व्यवसायीले असोज १ बाट सवारी चलाउने वातावरण बनाइदिन माग गरे । ६ महिनादेखि सार्वजनिक सवारी घर, ग्यारेज र बसपार्कमा थन्किएकाले कतिपय सवारी चलाउनै नसकिने गरी बिग्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको दाबी छ ।

व्यवसायीलाई बिमा र बैंकले किस्ता तिर्न ताकेता गरिरहेका छन् । चैत ११ देखि सवारी ठप्प भएकाले आम्दानी छैन । जसले गर्दा किस्ता तिर्न सक्ने अवस्था नभएको व्यवसायी बताउँछन् । कतिपय गाडीका इन्जिन बिग्रिएको र टायरसमेत ड्यामेज भएका छन् ।

सरकारले यातायात श्रमिकलाई राहतका नाममा एक गेडो चामल पनि उपलब्ध नगराएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गुनासो गरे । दैनिक काम गरेर छाक टार्ने श्रमिक धेरै रहेको उनले बताए । सरकारसँग पटकपटक राहतका लागि याचना गरे पनि केही सुनुवाइ नभएको उनको भनाइ छ ।

श्रमिकले भोगेका पीडाबारे यातायात व्यवस्था विभागमा जानकारी गराएको उनले बताए । यता विभागका महानिर्देशक हमालले व्यवसायीका माग जायज रहेको प्रतिक्रिया दिए । यात्रुवाहक र मालवाहक सवारीमा १० खर्ब रुपैयाँ लगानी छ । बैंकको लगानी मात्र ७० देखि ८० प्रतिशतसम्म रहेको यातायात व्यवसायी बताउँछन् । यस क्षेत्रमा २१ लाख रोजगार छन् । त्यसमध्ये प्रायः यति बेला बेरोजगार छन् । देशभर यात्रुवाहक सवारीको संख्या साढे ३ लाख छ । यो समाचार कान्तिपुर दैनिकमा छ।

 

प्रतिकृया दिनुहोस्