Saturday, July 31

यो दशैंमा बस चढेर गाउँ जान पाईँदैन कि? यसो भन्छन बस व्यवसायी !!

September 10, 2020 927

काठमाडौ, २५ भदौ । नेपालमा चाडपर्वको सिजन शुरु भइसकेको छ । साउनमा जनैपूर्णिमा देखि शुरु भएको चाडपर्वको मौसम भाद्र पहिलो साता तीजसँगै थप ठूला पर्व उन्मुख भइसकेको छ । तर, विश्वभर को’रोना भाई’रस सं’क्रमण (कोभिड–१९) को महा’मारी र नेपालमा पनि परेको संक्र’मणको असरले चाडपर्वको मौसम अहिलेसम्म शुरु भएको अनुभुति हुन सकेको छैन् । अघिल्ला वर्षहरुमा भने यतिबेला चाडपर्वको रौनक शुरु भइसक्थ्यो ।

मितिको हिसाबले अबको दुई महिनामा दशैंको टीकाको दिन हो । नेपाली जनहरुको सबैभन्दा ठूलो पर्वको रुपमा दशैंको सांस्कृति, आर्थिक र सामाजिक रुपमा निकै ठूलो अर्थ र महत्व छ । यसैले दशैंको रौनक केही महिना पहिले नै शुरु हुने गर्छ तर यसपटक न त बिदेशबाट दशैं मनाउन देश फर्किन पाउने टुंगो छ न त स्वदेशमै रहेकाहरु पनि शहरबाट गाउँ जाने सहज अवस्था नै देखिन्छ ।

मुख्यतः यो दशैं कस्तो हुन्छ भन्ने धेरै कुरा भने लामो दूरीको यातायात र नियमित राष्ट्रिय तथा अन्तरािष्ट्रय उडान सहज रुपमा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने विषयले धेरै प्रभाव पर्ने देखिन्छ । अन्तराष्ट्रिय उडान सहज भएको अवस्थामा पनि एकमात्र अन्राष्ट्रिय बिमानस्थल काठमाडौंमा रहेकाले काठमाडौंबाट लामो दूरीका बसको सहज व्यवस्था नभएर बिदेशबाट स्वदेश आएका पनि गाउँ जान सक्ने अवस्था रहँदैन् ।

दशैंलगायतका चाडपर्वहरु नजिकिँदै जाँदा दशैंमा आफ्नो गन्तब्यमा पुग्न सकिन्छ कि सकिँदैन भनेर सबैको मनमा चासो उब्जिएको देखिन्छ । तर, एकहप्ते निषेधाज्ञाका रुपमा किस्ता–किस्तामा निषेधात्रा थपरिहेको सरकारले नेपालीहरुको मुख्य पर्वहरुलाई लक्षित गरि कुनै मार्गचित्र बनाउन सकेको छैन् । यसले पनि यातायात व्यवसायीहरु निराश र आक्रोशित बन्दै गएका छन् । जसका कारण यसपािल दशैंमा बस चढेर गाउँ जाने धेरै सपना पूरा नहुन सक्ने सम्भावना बढ्दै गएको छ ।

पछिल्लो ५ महिनादेखि आफ्ना गाडीहरु ग्यारेजमै थन्किनुपर्दा फेरी ती गाडीहरुलाई निकालेर दशैंको समयमा सहज संचालन गर्न धेरै कठिनाई हुनेछ । यसअघिका बर्षहरुमा दशैं आउनु एक महिनाअगावै अग्रिम टिकट बुकिङ सुरु गर्ने सार्वजनिक यातायात व्यवसायीहरु यो बर्ष भने त्यो सम्भव नै छैन। पछिल्लो ५ महिनादेखि हाम्रा गाडीहरु ग्यारेजमा थन्किदा हाम्रा गाडीका पार्टपुर्जाहरु कामै नलाग्ने भएका छन्।

यातायात व्यवस्था विभाग र सरकारी निकायले पनि लामो दुरीका सार्वजनिक यातायात संचालनको कार्यविधिसमेत बनाएको छैन । पछिल्लो समय नेपालमा संक्र’मितको संख्या बढिरहँदा अब के हुने हो भनेर भन्न सकिने अवस्था छैन् ।यसैले यो दशैंमा बस चढेर शहरबाट गाउँ जान पाईन्छ भन्ने सोच पनि राख्न नसकिने व्यवसायीहरुको भनाई छ ।

प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा अस्वीकार गरेँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको विघटनको रात पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन्। उनले संविधानमा १० राज्यका पक्षमा सहमति जनाए प्रधानमन्त्रीमा माओवादीले समर्थन गर्ने प्रस्ताव प्रचण्डले आफूलाई गरेको खुलासा गरेका हुन्।तर आफूले जातीय राज्य नमान्ने अडान राखेको पौडेलको भनाइ छ।

‘बालुवाटारमा राति प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झनलाथ खनाल, केपी ओली हुनुहुन्थ्यो, प्रचण्डले रामचन्द्रजी दश वटा राज्यका पक्षमा सहमति जनाउनूस्, तपाईलाई प्रधानमन्त्री बनाउँ छु भनेर प्रस्ताव गर्नुभयो,’ बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा पौडेलले भने, ‘तर मैले प्रधानमन्त्रीको कुर्सी त के, इन्द्राशन नै दिए पनि मान्दिन भनेर जवाफ दिएँ।किनकी जातीय आधारमा राज्य हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।’

बालुवाटारमा सहमति नभएपछि त्यही रात तत्कालीन प्रधानमन्त्री भट्टराईले संविधान सभा विघटन गरेको पौडेलले उल्लेख गरे। उनले संविधानका कतिपय प्रावधानमाथि पार्टीभित्रैबाट उठिरहेका प्रश्नप्रति असहमति जनाए।संविधानका एकएक अक्षरमा ल’डाईं भएको छ।लोकतान्त्रिक संविधान बनाउन पार्टीकातर्फबाट प्रत्येक शब्दमा मैले बहस गरेको छु,’ उनले भने, ‘लोकतान्त्रिक संविधानको स्वामित्व हामीले लिनुपर्छ ।’

 

प्रतिकृया दिनुहोस्