Friday, April 23

माया होस त यस्तो : सुशान्तको सपना पुरा गर्दै अंकिता (भिडियोसहित)

September 10, 2020 391

शान्तको निधन भएको लगभग ३ महिना हुन लागेको छ । उनको अप्रत्यासित निधनले विश्वभर रहेका उनका फ्यानहरु आश्चर्यचकित बनेका छन् भने सीबीआई उनको मृत्युको प्रकरणको बारेमा बुझ्न लागिपरेका छन् । सुशान्तकी पुर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारलाई पुर्ण रुपमा साथ दिइरहेकी छिन् ।

अहिले अंकिता सुशान्तको सपनाहरु पुरा गर्न लागेकी छिन् । आइतबार साँझ अंकिता गार्डेनमा भेटिइन् । त्यहाँ उनलाई पापाराजीले घेरे र अनेकौं प्रश्नहरु तेर्साउन थाले । अंकिताले सुशान्तको धेरै सपनामध्ये हजार ओटा बिरुवा रोप्ने सपना पुरा गर्न आएको बताइन् । उनको यो कुरा सुनेर फ्यानहरु निकै खुशी भइरहेका छन् । अंकिता र सुशान्तको दिदी स्वेता कृति सिंहले Plants4SSR भनेर अभियान चलाएका छन् । जस्लाई साथ दिन विश्वभर रहेका फ्यानहरुलाई आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्