Thursday, May 13

कोरोना भाइरस भ्याक्सिन आम सर्वसाधारणलाइ यही हप्ता देखी बितरण हुने,अन्तत:कोरोनालाइ जित्ने दिन नजीक।पुरा पढ्नुहोस

September 10, 2020 849

काठमाडौं। ११ अगष्टमा सफल घो’षित गरेर स्वीकृति दिइएको रुसको कोरोनाभाइरस भ्याक्सिन स्वीकृति पाएको एक महिनापछि आम सर्वसाधारणलाई दिन सुरु गरिने भएको छ । रुसले यही हप्तादेखि आफ्नो कोरोनाभाइरस भ्याक्सिन आमसर्वसाधारणका लागि उपलब्ध हुने जनाएको छ रुसका एक शीर्ष अधिकारीले रुसले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन ‘स्पुतनिक भी’ आम नागरिकको लागि जारी गरिने जानकारी दिएका हुन् ।यो भ्याक्सिनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगष्टमा लञ्च गरेका थिए ।

रुसको समाचार एजेन्सी ता’सले रशियन एकेडेमी अफ सा’इन्सेजका उपनिर्देशक डेनिस लोगुनोभको हवाला दिँदै स्पुतनिक भी भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयको अनुमतिपछि व्यापक उपयोगको लागि जारी गरिने बताएको छ स्वासथ्य मन्त्रालयले यसको टेस्ट गर्न लागेको र छिटै यसको अनुमति प्राप्त गरिने उनले बताएका छन् ।उनले आम नागरिकलाई भ्याक्सिन उपलब्ध गराउनको लागि निश्चित प्रक्रिया भएको बताएका छन् । १० देखि १३ सेप्टेम्बरको बीचमा आम नागरिकको प्रयोगको लागि भ्याक्सिनको ब्याचको अनुमति प्राप्त गरिने र त्यसपछि आम सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु गरिने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्