साउन ७, २०७७ काठमाडौं : कोरोना भाइरसका कारण नेपालमा एकजना चिनियाँ नगारिककको ज्यान गएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ती चिनियाँ नागरिकको बुधबार ज्यान गएको हो। शिक्षण अस्पतालमा उपचाररत ४९वर्षीया चिनियाँ महिलाको बुधबार बिहान सवा ६ बजे कोरोना संक्रमणबाट ज्यान गएको खुलेको छ। उनलाई मंगलबार साँझ उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। शिक्षण अस्पतालका प्रशासन प्रमुख माधव घिमिरले ती चिनियाँ महिलाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे। उनलाई धापासीस्थित ग्राण्डी अस्पतालले थप उपचारका लागि शिक्षणमा पठाएको थियो। उनमा ग्रान्डीमै उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। ज्यान गुमाएकी चिनियाँ महिलाको शव अहिले शिक्षण अस्पतालमै छ। शव व्यवस्थापन गर्न चिनियाँ दूतावाससँग समन्वय भइरहेको घिमिरले जानकारी दिएका छन्।
July 22, 2020 238
प्रतिकृया दिनुहोस्