Sunday, July 25

करेण्ट लागेर मृत्यु भएकालाई व्यूँताउने प्रयास, गोबरमा गाडियो शव

September 11, 2020 376

एजेन्सी । भौगोलिक र जनसंख्याको हिसाबले ठूलामध्यको एक देश भारतमा अनेक प्रकारका अचम्मका घटनाहरु भइरहेका हुन्छन् । यसैबीच उत्तर प्रदेशको अमरोहामा करेण्ट लागेर एक किसानको मृत्यु भयो । तर, किसानका परिवारले अन्धविश्वासको सहारा लिए र गोबरमा गाडेर मृत शरीरलाई ब्युझाउँने असफल प्रयास गरेका छन् ।

घटना अमरोहा जिल्लाको देहात क्षेत्रको हो । यस क्षेत्रको उक्सी गाउँका ५१ वर्षीय सुरेंद्र सिंह बुधवार बिहान खेतमा चारा लिन गइरहेका थिए । उनी ट्रयाक्टर लिएर घरबाट बाहिर आउँदा अचानक माथिबाट आइरहेको बिजुलीको तार भाँचियो र उनीमाथि खस्यो ।

 

त्यसलगत्तै नजिकै उपस्थित गाउँलेहरूले विद्युत कार्यालयमा फोन गरेर विद्युत आपूर्ति बन्द गराए । यसपछि करेण्ट लागेका किसानलाई गम्भीर अवस्थामा अस्पताल लगियो । तर, अस्पताल पुग्नुभन्दा अघि उनको बाटोमै मृत्यु भयो ।

 

यसपछि, परिवारमा कोलाहल मच्चियो । यस अवस्थामा परिवारले अन्धविश्वासको सहारा लिए । र, सुरेन्द्रको लासलाई गोबरमा गाडेर जिउँदो बनाउने प्रयास गरे । तर, उनीहरुको प्रयास सफल हुन सकेन ।

 

ब्युझाउँने प्रयास असफल भएपछि घटनाको जानकारी स्थानीय पुलिस स्टेशनलाई दिइयो । सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेको थियो । त्यसपछि शव पोष्टमार्टमको लागि पठाइएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्