Monday, August 2

एमसीसीलाई पास गर्ने नेकपा स्थायी कमिटीको निर्णय !

September 11, 2020 294

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

आन्तरिक संघर्षका कारण लामो समयदेखि बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी समितिको बैठक सकिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव पारित गर्दै शुक्रबारदेखि स्थायी समितिको बैठक सकिएको हो ।

यस बैठकसँगै नेकपा भित्र देखा परेको शक्ति संघर्ष तत्कालका लागि निरुपण भएको छ । स्थायी समितिले पार्टीलाई विधि र पद्धतिमा संस्थागत रुपमा चलाउन यसअघि भएका कमिकमजोरीलाई सच्याएर आगामी दिनमा विधि र पद्धतिमा अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साथै गत वर्ष भएका निर्णयहरुलाई कार्यान्वयनमा लौजाने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी पार्टीका दुई अध्यक्षबीच अधिकारका लागि भएको संघर्षको समाधान पनि यस बैठकले निकालेको प्रवक्ता श्रेष्ठले जानकार दिए । उनका अनुसार प्रधानमन्त्री समेत रहेका ओलीले सरकारमा केन्द्रित भएर काम गर्ने र अर्का अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित पार्टीको कामको नेतृत्व गर्ने सहमति भएको छ ।

त्यसैगरी सरकार पार्टीको मार्ग निर्देशनमा संचालन हुने निर्णय पनि स्थायी समितिले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले सरकारका दैनिक काममा हस्तक्षप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा र अन्य महत्वका विषयमा पार्टीको निर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्ने बताए ।

 

प्रतिकृया दिनुहोस्