Thursday, April 22

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

September 12, 2020 189

भदौ २७, २०७७ अर्घाखाँची : रुपन्देहीमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह–६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार साँझ ५ः३७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। भदौ २६ ज्वरो खोकी र स्वासप्रश्वासको समस्या लिएर अस्पतालमा आएका उनको फिभर क्लिनिकको आइसोलेशनको सघन कक्षमा राखेर उपचार भैरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको डा. गौतमले बताए।

प्रतिकृया दिनुहोस्