Saturday, July 24

अभिनेता राजेश हमालका भाइ राकेशको निधन

July 22, 2020 216

साउन ७, २०७७ काठमाडौं : अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ। उनका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो। कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थियो। राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। उनको शव नेपाल ल्याउने विषयमा छलफल भइरहको पारिवारिक स्रोतले जनाएको छ। प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएका उनको त्यहाँस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमा नै छन्।

प्रतिकृया दिनुहोस्