Wednesday, April 21

चितवनका नगरक्षेत्र कोरोना चपेटामा, फेरि ८७ जनालाई संक्रमण

September 12, 2020 88

भदौ २७, २०७७ काठमाडौं : चितवनमा शुक्रबार एकैदिन ८७ जना कोरोना संक्रमित थपिएका छन्‌। भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा ५३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७ जना संक्रमित रहेको पुष्टि भएको हो। अस्पतालले शुक्रबार राती १२ बजे सार्वजनिक गरेको विवरणअनुसार ३ देखि ९० वर्षसम्मका मानिसहरू संक्रमित भएका छन्‌। भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित थपिएका छन्‌। यस्तै, रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको छ।

प्रतिकृया दिनुहोस्