Friday, May 14

कोरोनाबाट ज्यान गुमाएकी चिनियाँ महिला पोखरामा व्यापार गर्थिन्

July 22, 2020 565

साउन ७, २०७७ काठमाडौं : कोरोना भाइरस संक्रमणबाट बुधबार ज्यान गुमाएकी चिनियाँ नागरिक एक वर्षदेखि पोखरामा व्यापार गर्दै बसेकी थिइन्। ४९ वर्षीया ती चिनियाँ नागरिकको कोरोनाबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा उपचारका क्रममा ज्यान गएको हो। पोखरामा रेस्टुरेन्ट चलाउँदै आएकी उनलाई लामो समयसम्म मिर्गौला र मुटुको समस्या देखिएको थियो। सुरुमा पोखराको मनिपाल अस्पतालमा उपचार गराएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। सुरुमा धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। उनमा त्यहीँ उपचारका क्रममा कोरोना पुष्टि भएको थियो। ग्राण्डीबाट त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले जानकारी दिए। त्यसैगरी हिजो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनमा खोकी, उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो। एक चिनियाँ र एक नेपालीको ज्यान गएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

प्रतिकृया दिनुहोस्