Friday, April 23

खाना खोज्दै सडकमा पुगे यी दम्पत्ति ! बेसहारा दम्पत्तिको दुनियाँलाई रुवाउने कहानी (हेर्नुस् भिडियो)

September 12, 2020 266

खाना खोज्दै सडकमा पुगे यी दम्पत्ति ! बेसहारा दम्पत्तिको दुनियाँलाई रुवाउने कहानी (हेर्नुस् भिडियो)आज हामी भोका पेटलाई नि:शुल्क खाना खुवाउदै आइरहेको खुलामञ्चस्थित बसपार्कमा पुग्यौं । एक छाक खान टाढा टाढादेखि आएका लगभग ४०० मानिसहरु टुसुक्क बसेर खाना खाईरहेका थिए ।

त्यहीं एउटा व्हील चियरमा एक जना बुवा र एक जना आमालाई देख्यौं । बुवा काखमा भात राखेर व्हिल चियरमा हुनुहुन्थ्यो र आमाले पछाडीबाट व्हील चियर गुडाउँदै हुनुहुन्थ्यो ।उहाँहरुसँग कुरा गर्न भनि हामी उहाँको छेउमा गयौँ ।

दुई जना श्रीमान श्रीमती हुनुहुदो रहेछ । खाना किन नखानु भएको भनि सोध्दा उहाँले भन्नु भयो,अब यो खाना लिएर कोठामा गएर खाने”। उहाँले आफ्नो घर दोलखाको सैलुंग गाउँपालिकामा भएको बताउनु भयो । उहाँका ३ छोरीहरु रहेछन् । २ जनाको बिहे भैसकेको र कान्छी छोरी गाउँमै भएको बताउनुभयो ।’गाउँमा छदा रुखबाट लडेर बुवाको मेरुदण्ड भाचिएको रहेछ ।

अहिले व्हिल चियरको सहारामा उहाँका दिन बितीरहेका छन् । उपचारको लागि गत बैशाखमा उहाँ श्रीमतीसँग काठमाडौँ आउनुभएको रहेछ तर सरकारले घोसणा गरेको लकडाउनका कारण काठमाडौँमै अड्किनु भयो ।

 

प्रतिकृया दिनुहोस्