Monday, August 2

भाटभटेनीको भीडमा को’रोना नलाग्ने, फुटपाथ पसलमा लाग्ने : डा. बाबुराम भट्टराई

September 12, 2020 308

काठमाडौं : को’रोना नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय समक्ष ‘फुटपाथ र ठेलागाडा व्यापार’ मा पूर्ण प्रतिबन्ध लगाउन गरेको मागप्रति पूर्वप्रधान मन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वि’रोध जनाएका छन्।

सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले ‘कोरोनाले धनी र गरिने नभन्ने उल्लेख गर्दै भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन’ भनेर टिप्पणी गरेका हुन् । ‘अनौपचारिक व्यवसाय (फुटपाथ पसल र ठेला व्यापार) हाम्रो जस्तो प्रारम्भिक सहरीकरण र औद्योगीकरण भइरहेको समाजका लागि अभिन्न अंग हुन्।

को’रोनाले धनी र गरीब भन्दैन’ डा. भट्टराईले ट्विट गरेका छन- ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन। यिनलाई हटाउने हैन, व्यवस्थापन गर्ने र क्रमश: अन्य व्यवसायमा रूपान्तरण गर्दै जाने हो।’ सबैतिर मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच २ मिटरको दूरी कायम गर्ने तथा बेला बेला साबुनपानीले हात धुने गर्दै कोरोनासँगै बाँच्न सिक्न उनले सुझाव पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्