September 13, 2020 243
भदौ २८, २०७७ काठमाडौं : त्रिभुवन विमानस्थलमा रहेको नेपाली सेनाको एभ्रो विमान गएराति नारायणहिटी सङ्ग्रहालयमा राख्न लगिएको छ। सवारीको चाप कम भएको मौका छोपेर गएराति विमानलाई नेपाली सेना, प्रहरी लगायतले विमानस्थलबाट सडक मार्ग हुँदै सङ्ग्रहालय लगिएको ट्राफिक प्रहरी प्रमुख भीम ढकालले जनाकारी दिए। सो विमान विमानस्थलबाट सङ्ग्रहालय लैजान सेनालाई गत वर्ष नै अनुमति दिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले जानकारी दिए। विमान वि सं २०३१ सालमा मा नेपाल ल्याइएको थियो। उक्त विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए। यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलिकोप्टर सङ्ग्रहालमा राखिसकिएको सङ्ग्रहालय प्रमुख भेषनारायण दाहालले बताए।
प्रतिकृया दिनुहोस्